बिर्तामोड । 

झापाको बिर्तामोडस्थित देवी हाटमा नगरपालिकाले टहरा हटाउन चलाएको घटनाप्रति युनिकम नेपालले गम्भीर आपत्ति प्रकट गरेको छ । केन्द्रीय अध्यक्ष गजेन्द्र वहादुर पौडेलले विज्ञप्ति जारी गर्दै व्यवसायी, श्रमिक र मजदुरहरुको रोजिरोटी खोसिएको भन्दै त्यसको क्षतिपूर्ति दिलाउन माग गरेका छन् । 

‘संघीय सरकारको स्वरोजगार प्रर्वद्धन गर्ने नीतिका विरुद्ध बिर्तामोड नगरपालिकाले सयौलाई बेरोजगार बनाएको युनिकमको ठहर छ’ विज्ञप्तिमा भनिएको छ ।

सार्वजनिक सरोकारका मुद्दाहरुमा विषय र परिस्थितिको संवेदनशीलतालाई गहन ढंगले मनन गरेर अघि बढ्न नगरपालिकालाई युनिकमले सुझाव समेत दिएको छ ।