अर्जुनधारा, देवनिया । 

बन्दी सहायता नेपाल पूर्वाञ्चल शाखा अर्जुनधारा–११ द्वारा सञ्चालित बालगृह र बिद्यालय अर्जुनधारा नगर उप–प्रमुख सहितको टोलीले अनुगमन गरेका छ ।  

मनमाया आमा बालगृह, गङ्गा आमा बालगृह, जङ्गल गार्डेन ब्वाइज होममा रहेका कैदी जीवन बिताइरहेका बन्दीहरुसँग आस्रित बालबालिका रअसहायसहित २६ जना बालबालिका रहेको र उनीहरुको शिक्षा आवास र स्वास्थ्य स्थिति ब्यवस्थापनको निरीक्षण गरिएको हो ।

नेपाल सरकार सामाजिक बिकास मन्त्रालय  तथा  राष्ट्रिय बाल अधिकार परिषदको नियमानुसार सञ्चालन रहे नरहेको अवस्था उप–प्रमुख खड्गमाया पराजुली, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकि प्रमुख सुर्यमाला पन्धाक र सुर्य गड्तौला सहितको टोलीले अनुगमन गरेका थिए ।

साथै बालगृहका २६ जना सहित समुदायका सयौं विद्यार्थी अध्ययन गर्ने आवास सहितको जुनकीरी सार्वजनिक प्राथमिक बिद्यालयमा केन्द्रिय बजेट मार्फत निर्माणधिन चारकोठे दुई तले भवनको निर्माण अनुगमनसहित शिक्षक र विद्यार्थीहरु बिच शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रममा स्वागत  शिक्षक अम्बिका गुरुङ्ग र गितादेवी खरेलले गरेका थिए भने सहजीकरण संस्थाका सचिव एवम् प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।