अर्जुनधारा, देवनिया । 

झापाली समाज माल्टा परिवार (जेसीएम) ले बन्दी सहायता नेपाल अर्जुनधारा ११ द्वारा सञ्चालित मनमाया आमा बालगृहलाई खाद्यन्न सहयोग गरेको छ । 

वैदेशिक रोजगारको शिलशिलामा हाल युरोपको माल्टालाई कर्मभुमि बनाएका झापाली समाज माल्टा परिवारमा आवद्धले खाद्यन्न सहयोग गरेका हुन् । 

माल्टामा स्थापित  झापाका मनकारी दाजुभाई तथा दिदिबहिनिहरुको संस्था जेसीएमले बालगृहलाई पचिस हजार रुपैयाँ बराबरको विभिन्न खाद्यान्न सामग्री झापा प्रतिनिधि दीपेन्द्र झामार्फत सस्थाका अध्यक्ष जगतबहादुर मगरलाई हस्तान्तरण गरेका छन् ।  

जेसीएम परिवारका तेजबहादुर लिम्बु, भुवन झा, शर्मिला बस्नेत, नवीन गिरी, कृष्ण श्रेष्ठ, लोकराज पौडेल, उपेन गिरी, सुष्मा दाहाल खत्री, प्रियंका श्रेष्ठ, सुवास सिंह, मनोज बस्नेत, मुक्ति पुरी, एकराज राउत, कृष्ण गिरी, इन्द्र लिम्बु,  सुरेस सिंह र बिजय परियारलगायतले खाद्यन्नका लागि सहयोग गरेका हुन् ।

त्यसैगरी बिर्तामोड ४ का भेषराज तथा शान्ति दाहालकि छोरी सान्वि दाहालको जन्मोत्सवमा खाद्यान्न र मेचीनगरका मौसम खतिवडाले आफ्नो जन्मोत्सवमा नगद पाँच हजार पाँच सय रुपैयाँ प्रदान गरेका छन् ।

सस्थाको तर्फबाट सचिव रन्जित परियारले कैदी बन्दीका आस्रित तथा असहाय बालबालिकाहरुलाई सहयोग गरेकोमा अभारसहित धन्यवाद व्यक्त गरेका थिए ।