बनियानी । 

झापाको कचनकवल गाउँपालिकामा परीक्षाको तयारी गरिरहेका ४० जनालाई तयारी कक्षा सञ्चालन गरिएको छ । परीक्षाका लागि थप सहयोग पुर्याउने उद्देश्यले विर्तामोडस्थित नोभा एजुकेशन फाउण्डेसनसँगको समन्वयमा कचनकवल गाउँपालिकाले सबै वडा समेटिने गरी ४० जनालाई शिक्षा सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको हो ।

कचनकवल–३ पथरियामा एक महिना लामो सो कक्षाको समापन गरिएको छ । समापन कार्यक्रमकी प्रमुख अतिथि गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिरादेवी यादव, गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, नोभा एजुकेशन फाउण्डेशनका व्यवस्थापक प्रकाश पराजुलीले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए । 

नोभा शिक्षक सेवा आयोग संयोजक देवीप्रसाद गौतमले सञ्चालन गरेको कार्यक्रममा । प्रशिक्षणलाई विर्तामोडस्थित लाइमलाइट एजुकेशनका कार्यकारी प्रमुख टेकनाथ शर्मा वाग्लेले पनि सहजीकरण गरेका थिए ।

गाउँपालिकाकै आर्थिक सहयोगमा ६० जनालाई लोक सेवा आयोगको कक्षा पनि सञ्चालन भइरहेको नोभा एजुकेशन फाउण्डेशनका व्यवस्थापक पराजुलीले जानकारी दिए ।