हल्दिबारी । 

झापाको हल्दिबारी गाउपालिका वडा ५ ले हुलाकी सडक खण्ड अन्तरगत न्यू  स्टार अंग्रेजी बिद्यालय छेउको भत्किएको स्लेब कल्भर्ट  मर्मत गरेको छ।

लामो समयदेखि भत्किएरको कल्भर्टका कारण आवत–जावत गर्दा दुर्घटनाको अतिनै जोखिम रहेको थियो। स्लेब कल्भर्ट भत्किएर ठूलो भ्वाङ्ग परेको थियो। उक्त स्लाब मर्मत कार्य आइतवार (आज) गरिएको हो ।

  ५ नम्बर वडाका जनप्रतिनिधिहरू स्थानीय जनताहरूको श्रमदानबाट उक्त कार्य गरिएको वडा सदस्य जीवन कन्दङ्वाले बताए । मर्मतमा आबश्यक समाग्रीहरू भने वडा कार्यालयबाट आर्थिक व्यवस्था मिलाएको हो। सानातिनो रकम र जनश्रमदानले यात्रुको ठूलो दूर्घटनाको जोखिम घटेको हो।

यस मर्मत कार्यमा चारालि स्पोर्टिङ क्लब , स्थानीय , जनश्रमदातालाई जनप्रतिनिधिहरूले धन्यवाद समेत दिएका छन्।