• राजु बराल  

चन्द्रगढी ।

सस्थागत बिद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर अध्यक्षमा बिदुर ढुंगाना चयन भएका छन् । सस्थागत बिद्यालय शिक्षक युनियनको आज (सोमबार) भद्रपुरमा सम्पन्न दोस्रो नगर अधिबेसनले ढुंगानालाई नगर अध्यक्षमा चयन गरेको हो ।

नव गठित नगर कमिटी उपाध्यक्ष प्रीसिला राई, सचिव रमेस भट्टराई, सह सचिव उमेश दाहाल र कोशाध्यक्ष मदन बहादुर थापा चयन भएका छन् । त्यस्तै सदस्यमा निर्मला भन्डारी चुडाल, रोशा भट्टराई, सन्तोसी शाह, बबिता यादव, पुजा कामती, सान्तवना सापकोटा, राजा मन्डल, रबिन पोखरेल, मनिष पोखरेल, सनिलाल राजवंशी र रक्षा बिश्वास चयन भएका छन् । 

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरेल, इस्टु कोशी प्रदेश सह सचिव राजु बराल, जिल्ला अध्यक्ष होमराज खतिवडा, भद्रपुर वडा नं. ८ का वडाध्यक्ष मनोज सुब्बा गौरब, सामाजिक अभियन्ता तथा इस्टुका पूर्व सल्लाहकार शिवकुमार राज भन्डारी, सल्लाहकार देवीप्रसाद सुबेदी, सिद्धार्थ शिशु सदनका निर्देशक प्रकाश भन्डारी, इस्टु कचनकल अध्यक्ष घनश्याम अर्याल लगायतले निजि बिद्यालयमा कार्यरत शिक्षक, कर्मचारीका पेशागत सुरक्षाका लागि सरोकारवाला पक्ष सम्बेदनशिल हुनुपर्ने धारणा राखेका थिए । 

युनियनका भद्रपुर अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बिदुर ढुंगानाले स्वागत गरेका थिए भने कार्यक्रमको सन्चालन निकाश पान्डेले गरेका थिए ।