बिर्तामोड । 

 झापाको बिर्तामोडको एमिटी एजुकेसन फाउन्डेसनले  कक्षा १२ का विद्यार्थीको बिदाइ गरेको छ । बिर्तामोडमा सोमबार एक कार्यक्रमको आयोजना गरि कलेजले विद्यार्थीहरुको बिदाई गरेको हो । 

फाउन्डेसनका सस्थापक प्रधानाध्यापक आर एस ढकालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तिहरूको सहभागीता रहेको थियो । विद्यालयका कोअर्डिनेटर बिनोद साहले स्वागत गरेको कार्यक्रममा एकसय भन्दा विद्यार्थीको उपस्थिति रहेको थियो। 

विभिन्न किसिमका गित नृत्य प्रस्तुत गरिएको कार्यक्रमको संचालन फाउन्डेसनका शिक्षक बाल कृष्ण दाहालले गरेका थिए । वि.स.२०५६ सालमा स्थापना भएको क्याम्पसले प्लस टु अन्तरगत म्यानेजमेन्ट, कम्युटर साइन्स, होटल म्यानेजमेन्ट  लगायतका बिषय अध्यापन गराउदै आइरहेको छ ।