सुरुङ्गा । 

झापाको कनकाई—३, नयाँ बस्तीको ग्रामिण विकास सेवा समितिको अधिवेशनले पुनः तेजवहादुर प्रधानलाई संस्थाको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।  

समितिको उपाध्यक्षमा संगीता लिम्बू, सचिवमा सागर लिम्बू, सहसचिवमा मीरा श्रेष्ठ र कोषाध्यक्षमा सुवास डाँगी सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यमा गोपाल सिटौला, प्रेम उप्रेती, पुष्पा भट्टराई, अनिता कट्टेल, जंगवहादुर थापा र मनिष पुरी सर्वसम्मत चयन भएका छन् ।  त्यस्तै रमेश हुमगाईँको संयोजकत्वमा राम खरेल र मिना खतिवडा सदस्य रहेको लेखा समितिपनि चयन भएको छ ।  

संस्थाका अध्यक्ष प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिका वडा नम्बर—३ का वडाध्यक्ष युवराज चम्लागाईँको प्रमुख आतिथ्य रहेको थियो । उपाध्यक्ष संगीता लिम्बूले स्वागतगरेको कार्यक्रमलाई सदस्य सुवास डाँगीको संचालन गरेका थिए ।