बुट्टाबारी । 

बन्दी सहायता नेपालद्वारा झापा कारागारका महिला बन्दीहरुलाई सेनेटरी प्याड तथा बालबालिकालाई कपडा र फलफूल हस्तान्तरण गरेको छ । 

झापा कारागारमा रहेको महिला बन्दिहरुलाइ महिनावारी हुँदा अति आवश्यक रहने र पुन प्रयोग गर्न सकिने सय थान सेनेटरी प्याड कारागार प्रमुख मोहन प्रसाद पनेरु मार्फत हस्तान्तरण गरिएको हो । 

बन्दी सहायता नेपालकि तत्कालीन अध्यक्ष इन्दिरा राना मगर प्रतिनिधि सभाकी उप सभामुख भएपछि संरक्षक रहेपनि बर्तमान अध्यक्ष सुबानी आले मगर पहिलो पटक झापा कारागारमा सस्थाको सहयोग  निरन्तरता दिन र इन्दिरा आमाको सपनालाई अझ साकार पार्न सदैव कैदी बन्दिहरुसँग रहने सुबानिले बताइन् ।

 कार्यक्रममा बन्दी सहायता नेपालका कोषाध्यक्ष राजकुमार महत, कार्यक्रम निर्देशक हरि कार्की, संयोक सुनिता मानन्धर, कार्यक्रम अधिकृत सुम्निमा राना मगरको उपस्थितिमा महिला आन्तरिक  प्रमुख रिता लिम्बू र कार्यालय प्रमुख मोहनप्रसाद पनेरुले विभिन्न समयमा गरेको सहयोग र बर्तमान अध्यक्ष सुवानी आले मगरलाई कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।

त्यसैगरि सस्थाले झापाको अर्जुनधारा नगरपालिका ३ र ११ मा रहेको मनमाया आमा बालगृहका २५ जना बालबालिका र छोरीका शिक्षा कार्यक्रमका विद्यार्थी १७ जना जुनकीरी सार्वजनिक प्राथमिक बिद्यालयका ९० जना विद्यार्थीहरुलाई भेटघाट तथा जुत्ता स्टेशनरी र कपडा बितरण गरेको छ । कार्यक्रममा शाखाका अध्यक्ष जगतबहादुर मगर, उपाध्यक्ष अर्जुन थेबे र शिक्षिका गितादेबी खरेलले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम स्वागत अम्बिका गुरुङ र  सहजीकरण सचीव रन्जित परियारले गरेका थिए ।