झापा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर १ जुुँके कल्भर्टस्थित पूर्र्व पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बाह्रदर्शी गाउँपालिका वडा नं. ६ का ५४ बर्षिय रंजित तामाङले चलाएको मे ९ प ५७४४ नं. को मोटरसाइकलले बाटो क्रस गर्दै गरेका पैदल यात्री भारत पोष्टाईट सुन्दरपुर कटन उदिका चपडाका ६५ बर्षिय दिपराज चरजको ठक्करबाट मृत्यु भएको हो । 

गत सोमबार मोटर साइकलले ठक्कर दिई घाईते भएका दिपराजको उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड पठाएकोमा अस्पतालमा पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए । 

मोटरसाइकल चालक रंजित तामाङको समेत टाउकोमा चोट लागेर घाइते भएकोले प्रहरीको निगरानीमा उनकीे श्रीमती लीलामाया तामाङलाई साथमा राखेर उपचार भईरहेको प्रहरीले जनाएको छ । सो दुर्घटनाको बिषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।