• चन्द्र बस्नेत 

कनकाई।

अत्याधिक गर्मीका कारण झापाको  कनकाईका विद्यालयहरुको समय परिवर्तन हुनसक्ने नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताएका छन ।

   केही दिन यता बाट तापक्रममा अत्यधिक बृद्धि भएर गर्मी बढेपछि कनकाई नगरले विद्यालयको समय परिवर्तन गर्नेकी केही दिन  छुट्टी नै गर्ने हो  कि भन्ने   विषयमा अनौपचारिक  छलफल भईरहेको  नगर प्रमुख  पोखरेलले जानकारी दिए ।

सोही विषयमा छलफल गर्न  भोलि शुक्रबार नगरको शिक्षा शाखाले बैठक बोलाएको शिक्षा शाखा प्रमुख पिताम्वर गौतमले जानकारी दिए। 

सोही विषयमा  आज पनि नगरका शिक्षा र नगरभरिका सामुदायिक विध्यालयका शिक्षकबिच  छलफल भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद मिश्रले जानकारी दिए ।

हप्ता दिनयता लगातार गर्मी बढेपछि झापाको मेचीनगर र कचनकवल, मोरङको  विराटनगर लगायतका विभिन्न पालिका हरुले  केही दिनका लागि विध्यालय विदा गरिएको छ।

यता मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले सूचना निकालेर आगामी बर्खे विदाबाट कट्टा हुनेगरी जेठ १८ आज र १९ गते भोलि विद्यालय विदा गरिएको बताएका छन ।

अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न थालेकोले मेचीनगर नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय विदा दिन उनले जानकारी गराएका हुन ।

त्यस्तै, झापाकै कचनकवलका सामुदायिक विद्यालयहरु पाँच दिन विदा दिइएको छ । प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले गर्मीका कारण पठनपाठनमा समस्या आएकाले पाँच दिन विदा गरिएको   जानकारी दिइन।