बुट्टाबारी । 

लाइन दिब्य ज्योति फाउण्डेशन काठमाडौले बालगृह तथा बिद्यालयका बालबालिकाहरुलाई स्कुल ब्याग, स्टेशनरी तथा खाद्यान्न बितरण गरेको छ । 

बन्दी सहायता नेपालद्वारा सन्चालित मनमाया गंगा आमा र जङ्गल गार्डेन ब्वाइज होमका २६ जना बालबालिका र जुनकीरी सार्वजनिक प्राथमिक बिद्यालय अर्जुनधारा ११ का ९० जना विद्यार्थीहरुलाई ५५ हजार रुपैयाँ बराबरको स्कुल ब्याग, स्टेशनरी र खाद्यान्न फाउण्डेशनका सस्थापक ज्योति केसीद्धारा अध्यक्ष जगत बहादुर मगरलाई हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा बन्दीहरुसँग आस्रित र असाय अनि बिद्यालयमा अध्ययनरत बिपन्न बालबालिकाको मुहारमा खुसी ल्याउन सहयोग गरे भन्दै फाउण्डेशनका ज्योति केसी, शान्ति मुक्तान, मेनुका कार्की, जङ्ग गिरिलाई बन्दी सहायता नेपाल पुर्वाञ्चल शाखाका अध्यक्ष जगतबहादुर मगर, कोषाध्यक्ष अम्बिका गुरुङले धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।