• प्रकाश उप्रेती 

मेचीनगर।

कलाकारको सांगीतिक प्रस्तुतिले झापाको मेचीनगरमा संचालित धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवको शोभा बढाएको छ । दिनहुँ रास्ट्रिय र स्थानीय कलाकारको बेजोड प्रस्तुतिले महोत्सवको शोभा बढेको हो ।

स्थानीयले रास्ट्रिय कलाकारको नजिकै प्रत्यक्ष अवलोकन गर्दै मनोरंजन लिन पाउँदा स्थानीय नगरबासी उत्साहित देखिन्छन् । दर्शक उत्साहित हुँदा महोत्सवमा प्रवेश गर्नेको संख्यामा वृद्धि भएको महोत्सव आयोजकको भनाई छ । 

दैनिक साँझ ५ बजेपछि सुरु हुने महोत्सवमा आउने प्रायः सबै दिउँसो भरीको दैनिकीको थकान मेटाउनकै लागि मनोरंजन लिन आउने गरेको पाइएको छ । आफ्नै ठाँउमा आयोजना गरिएको महोत्सवको अवलोकन र मनोरंजन लिन पाउँदा उमेरअनुसार सबैको मुहारमा हासो देखिएको आयोजक समितिका अध्यक्ष सुरेश बुढाथोकीको भनाई छ । 

आगन्तुकको चाहनालाई बुझेर महोत्सव केहीदिनका लागि सारिएको छ उनेले भने,´तर, ससाना मौसमका कारण महोत्सवस्थलमा पानी जमेर समान्यबाहेक अरु समस्या भएको छैन ।´ कलाकार हेर्नकै लागि वृद्ध बुवा-आमा, अशक्त, बालबालिका र शिशुसहित महिला आउने गरेका छन् ।

महोत्सव अवधीभर ६ वर्षसम्मका ससाना नानीबाबु, अनाथअपाङ्ग, दृष्टीबिहिन र ८० वर्षमाथिका बयोबृद्दालाई महोत्सवमा प्रवेश नि:शुल्क गरिएको ठेकेदार गणेश राउतले बताए ।

मिलन परियार र श्रीकृष्ण लुइँटेलले मंगलबार प्रवेशीलाई मनभुलाउन सफल भएका थिएभने आज बुधबार साँझ रास्ट्रिय रचना रिमालको बेजोड प्रस्तुति रहेको छ । 

स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले तार्केश्वर महादेव बाबा बैजनाथधाम ओमकार नरनारायण आध्यात्मिक प्रतिष्ठानद्वारा आयोजना गरिएको हो । स्थानीय उत्पादनको प्रवर्द्धनका लागि २० वटा स्टल तय गरिएको छ भने आगन्तुकलाई भरपुर मनोरंजन गराउन रोटेपिङ, रेलचडी, घुम्ने कार, जम्पलगायतका खेलतमासाको ब्यवस्थापन गरिएको छ ।

जेठ २२ देखि सुरु भएको महोत्सवमा स्थानीय र रास्ट्रिय कलाकारको कला प्रस्तुतिले आगन्तुक दर्शनको घुँइचो बढेको हो ।शिव परियार, जिवब, लाहुरे, प्रिती आले, कमल खत्रीलगायत दर्जनौं कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवको ठेकेदार राउतले बताए ।