झापा ।
झापाको बिर्तामोड नगरपालिका र गौरीगञ्ज गाउँपालिकाबाट लागू औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड ३ स्थित गोसलाईन एरियामा प्रतिबन्धित लागुऔषध लुकाई छिपाई ल्याईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले बिहीवार तीन जना र मोटर साइकल र स्कुटरसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बिर्तामोड–९ का ३० बर्षिय मोहन टुडु, साही स्थानका ३७ को बर्षिय सोम मर्डी र बिर्तामोड–७ का ३२ बर्षिय अंकित भन्ने डिल्लीबहादुर खड्का रहेका छन् ।
चेकजाँच गर्दा मोहन टुडुको साथबाट ब्राउनसुगर ९८ ग्राम २४० मिलिग्राम फेला परेकोले उिनीहरुले प्रयोग गर्ने तीन थान मोबाईल, मे ८ प १८० नम्बरको मोटरसाईकल, मे ११ प ७३९४ नम्बरको स्कुटर र मे ९ प ९९४८ नम्बरको मोटरसाईकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्यभइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी बिहीवार गौरीगञ्ज–२ स्थित प्रहरी चौकी कोरोबारीको प्रहरी टोलीले प्रदेश १–०१–०१५ प ६७४६ नम्बरको स्कुटीमा सवार दमक नगरपालिका वडा नं. ५ का २५ बर्षिय प्रकाश निरौलालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर ४ ग्राम ८३० मिलि ग्राम फेला परेकोले स्कुटरसहित नियन्त्रणमा लिइएको छ ।
नियन्त्रण्मा लिइएका निरौलालाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















