मोरङ ।
ईलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले बिभिन्न मुद्धाका २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङको २०७९/०९/२८ गतेको फैसला आदेशले कुटपिट मुद्दामा ५ हजार रुपैयाँ जरिवाना तोकि फरार रहेका लेटाङ नगरपालिका–३ का ३२ बर्षीय मान बहादुर माखिम र बाल यौन दुरुपयोग मुद्धामा २०७९/०९/२१ गतेको फैसला आदेशले ६ महिना कैद रही फरार रहेका लेटाङ नगरपालिका–९ का २२ बर्षीय सरोज मोतेलाई बिहीबार दिउँसो गाउँघरबाट नै पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै फरार प्रतिवादीलाई जिल्ला अदालत मोरङमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारागार पठाएको प्रहरीले जनाएको छ ।


















