बिरानगर।
६८ औं प्रहरी दिवस २०८० को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले बिराटनगरको ट्राफिक चोकमा बृतचित्र प्रदर्शनी गरेको छ ।
प्रहरी दिवसको अवसरमा आयोजित बिभिन्न कार्यक्रम अन्तरगत शुक्रबार (आज) साँझ सचेतनामुलक बृतचित्र प्रदर्शनी गरेको हो । बृतचित्र प्रदर्शनीमा नेपाल प्रहरी प्रधान कार्यालय तथा कोशी प्रदेश प्रहरी कार्यालयबाट तयार गरेको साईवर क्राईम, लागुऔषध, सामाजिक संजालको प्रयोग लगायतका बिषयहरु समेटिएको भिडियोहरु प्रदर्शनी गरिएको थियो ।
वृतचित्र प्रदर्शनीमा करिव १५० जना सर्वसाधारणको उपस्थिति रहेको थियो । साथै ६८ औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुलेसमेत आज साँझ सचेतनामुलक बृतचित्र प्रदर्शन गरेका थिए ।
त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा सञ्चालित बिभिन्न खेलकुदको कार्यक्रम सम्पन्न भएको छ । असोज २५ गतेबाट संचालन भएको आन्तरिक खेलकुद कार्यक्रममा ब्याडमिन्टन, लामो दौड, टेवल टेनिस लगायतका बिभिन्न खेलहरु खेलाईएको थियो भने खेलमा बिजय हुने खेलाडीहरुलाई प्रहरी दिवसको दिन पुरस्कृत गरिनेछ ।


















