झापा । 

जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा ‘६८ औ प्रहरी दिवस २०८०’ सम्पन्न भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल प्रमुख आतिथ्यमा मंगलबार (आज) प्रहरी दिवस सम्पन्न भएको हो । 

प्रहरी दिवसको अवसर पारेर बिद्यालय स्तरिय निबन्ध प्रतियोगितामा उत्कृष्ट तीन जना बिद्यार्थीहरुलाई प्रशंसा पत्र समेत बितरण कार्यक्रम सम्पन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि ‘६८ औ प्रहरी दिवस’ को अवसरमा शुभकामना ब्यक्त गरेका थिए । कार्यालय प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले उपस्थित सवैलाई धन्याबाद ज्ञापन गर्दै  आउदै गरेको महान चाड बडादशै, शुभ दिपावली र छठ पर्वको हार्दिक शुभकामना व्यक्त गरेका थिए ।