बिर्तामोड । 

अंग्रेजी शिक्षकहरूको संस्था नेपाल ईंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन (नेल्टा) झापाले वडादशैंको शुभकामना आदान–प्रदान गरेको छ । नेल्टा झापाले शुक्रवार बिर्तामोडमा वडादशैं, तिहार तथा छठलगायतका पर्वहरुको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम गरेको हो । 

नेल्टा झापाका अध्यक्ष धमेन्द्र भट्टराई (मामा) को अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर शिक्षा शाखाकी जानुका रेग्मीको प्रमुख आतिथ्य रहेको थियो । सोही कार्यक्रमकाबिच नेल्टा झापाका सचिवले संस्थाको स्थापना र हालसम्म गरिएका कार्यविवरण प्रस्तुत गर्दै भावी योजनाका बारेका जानकारी गराएका थिए । स्वागत नेल्टा झापाका उपाध्यक्ष प्रकाश पराजुलीले गरेको कार्यक्रमको सञ्चालन सह–सचिव केशव उप्रेतीले गरेका थिए । 

कार्यक्रममा न्युटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देबेन्द्र हुमागाई, साहित्य चौतारी झापाका संस्थापक देबीभक्त श्रेष्ठ, एनप्याब्सन झापाका अध्यक्ष प्रेम लिम्बु, प्रविधि मैत्री शिक्षक समाज(एसटिएफटि) झापाका तीलक गजमेर, सञ्चारकर्मी तीर्थ सिग्देल, नेल्टा झापाका प्रमुख सल्लाहकार केशव मैनालीलगायत शिक्षक, शिक्षिकाको उपस्थिति रहेको नेल्टा झापाका कोषाध्यक्ष वत्सल भट्टराईले जानकारी दिए ।  

nelta