झापा । 

केही दिन यता झापाका बिभिन्न स्थानमा जंगली हात्ती गाउँ पस्ने र बाली, अन्नपात र घरमा क्षति गर्ने क्रम बढेको छ । यसै क्रममा झापाको दमक नगरपालिका वडा नम्बर ३ मा बिहीबार अन्दाजी राती ११ बजेको समयमा गाउँ पसेका दुई वटा जंगली हात्तीले एउटा घरमा क्षति पुर्याएको छ । 

दमक–३ हम्से दुम्से सामुदायिक वन नजिक रहेका राजकुमार खड्काको टिनको छानो टाटीको बेरा भएको १ तले घर भत्काएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो । 

वनबाट आएका दुई वटा हात्तीले एक बोरा चोकर खाएर घरसमेत भत्काउँदा खड्काको ४० हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । 

हात्तीलाई राती १२ बजेको समयमा स्थानियबासी र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले जंगल तर्फनै लखेटेको र अन्य तथा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।