झापा । 

झापाको दमकबाट प्रतिबन्धित लागू औषधसहित सोमवार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बेलडागीको संयुक्त प्रहरी टोलीले दमक नगरपालिका वडा नम्बर ३ का २४ बर्षिय भिमबहादुर राई र सोही स्थानका २१ बर्षिय बिकास घलेलाई पक्राउ गरेको हो । 

राईको घरमा शंकास्पद अवस्थामा बसिरहेका उनीहरुलाई चेकजाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर २ ग्राम, नगद १४ हजार रुपैयाँ र ५ थान मोवाइल फोन फेला परेको प्रहरीले जनाएको छ । 

उक्त सामानसहित दुवै जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय बुधबारेबारेको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका–३ स्थितमा  मे. ९ प ५०९२ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक मेचिनगर–१३ की ३८ बर्षीया पवित्र राजवंशीको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । लागू औषधसहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालउय झापाले जनाएको छ ।