बिर्तामोड ।
नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन शिवसताक्षी झापाले खोज तथा अनुसन्धान र भ्रष्टचार विरुद्ध निरन्तर कलम चलाउने झापाका एक जना पत्रकारलाई सम्मान गरेको छ । लामो समय शिक्षा क्षेत्रमा सक्रिय अर्का एक शिक्षकलाई पनि सम्मान गरेको छ ।
शिवसताक्षीको चेतना माध्यमिक विद्यालयको प्राङगडमा सोमबारदेखि सुरु अन्तर संस्थागत विद्यालय स्तरिय सांस्कृतिक प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा दुई प्रतिभालाई शिवसताक्षी नगर प्याव्सनले सम्मान गरेको प्याव्सन झापाले जनाएको छ । सोही क्रममा पत्रकार विनोद सापकोटा र ध्रुवतारा आवासिय मावि दुधेका संस्थापक प्रिन्सिपल डम्बरवहादुर खड्कालाई प्याव्सन शिवसताक्षीले सम्मान गरेको हो ।
शिवसताक्षी नगरका नगर प्रमुख मेघाहाङ थोप्राले पत्रकार सापकोटा र नीजि विद्यालयका शिक्षक खड्कालाई सम्मान गरेका हुन् । सापकोटा तीन दशक देखि पत्रकारिता क्षेत्रमा क्रियासिल छन् भने शिक्षक खड्का पनि ३ दशकदेखि नै शिक्षा क्षेत्रमा अनवरतरुपमा क्रियाशिल छन् । नगर प्रमुख थोप्रा, प्याव्सन शिवसताक्षीका अध्यक्ष राम सुहाङ र प्याव्सन पदाधिकारीले दुई जनै प्रतिभालाई दोसल्ला, सम्मान पत्र र फुलमाला अविरले सम्मान गरेका थिए ।
यसै विच जिल्ला प्याव्सनको समन्वयमा शिवसताक्षी नगर प्याव्सनले आयोजना गरेको अन्तर नीजि विद्यालय स्तरिय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम अन्तरगत सांस्कृतिक नृत्य तर्फ शिवगञ्जको दिक्षान्त प्रथम, शिवगञ्जै नवकिरण दोश्रो र क्याब्रिज तेश्रो भएका छन् ।
यस्तै राष्ट्रिय गीतमा नृत्यमा सगरमाथा पहिलो, ध्रुवतारा दोश्रो र निम्बस वोर्डिङ स्कूल तेश्रो भएका छन् । कक्षा ११ र १२ को एक मात्र सहभागि धु्रवताराले सो विधामा उपाधी उचालेको छ ।
यस्तै सिजिय गायन तर्फ निम्बस, ध्रु्वतारा र मेची वोर्डिङ स्कूल क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन् । जुनिय गायन तर्फ धरमपुर प्रज्ञा पाठशाला, क्याम्ब्रिज र रेडरोज पहिलो, दोश्रो र तेश्रो भएका छन् । शिवसताक्षीबाट छनौट भएका हरेक विधाका पहिलोले पुस २ र ३ गते दमकमा हुने जिल्ला स्तरिय प्रतियोगितामा सहभागि हुने छन् ।
प्याव्सन शिवसताक्षीका अध्यक्ष राम सुहाङको अध्यक्षतामा भएको उद्धघाटन सत्रमा उपाध्यक्ष उदय प्रकाश राईले स्वागत गरेका थिए भने प्याव्सनका सदस्य चन्द्र मादेम्बाले सहजीकरण गरेका थिए ।


















