विर्तामोड । 

झापाबाट नियमित रुपमा अनलाइन न्युज पोर्टलका रुपमा सञ्चालन हुँदै आएको पुर्वी गर्जन मिडिया प्रालिले पूर्वी गर्जन पत्रिकाको विशेषांक मंसिर  २८ गते बिहिवार सार्वजनिकिकरण गर्ने भएको छ। 

उक्त पत्रिका सार्वजनिकिकरण कार्यक्रम विर्तामोडमा कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेता माक्र्सवादी लेखक तथा प्रकाशन विभागका फ्र्याक्सन इन्चार्ज अनिल विरही आउने भएका छन्।

पत्रिका विमोचन कार्यक्रममा पत्रकार महासंघ, विभिन्न शुभेच्छुक संगठन, राजनीतिक दल लगायत का सबैलाई निमन्त्रणा गर्ने क्रम जारी रहेको र सम्पूर्ण मिडिया कर्मी साथीहरूलाई समेत उपस्थितका लागि आयोजकले आग्रह गरेको छ ।

पत्रिकामा विशेषगरी पछिल्लो समयको राजनीतिक घटनाक्रम र पूर्वी नेपालको राजनीतिक गतिविधि लगायतका विषयहरु समेटिएको कार्यकारी सम्पादक प्रविण अधिकारीले जानकारी दिएका छन्,।