झापा । 

झापाको टु ब्रोदर्श  पोल्टि फर्ममा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । झापा गाउँपालिका वडा नम्बर ३ फुलबारी टोलमा सञ्चालित फर्ममा आइतवार राती अन्दाजी ८ बजेको समयमा आगलागी भएको थियो । 

स्थानीय इन्दिरा कटुवाल खड्काले सञ्चालन गरेको टु ब्रोदर्श  पोल्टि अचानक आगलागी भएको भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

आगलागीको खबर प्राप्त हुन साथ प्रहरी चौकी टाघन डुब्बा प्रहरी टोली गएर  स्थानियबासिको सहयोगमा ८ः५० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

उक्त  आगलागीबाट १००० चल्ला, २२ बोरा कुखुराको दाना र पोल्टि फर्म पूर्ण जलेर नष्ट हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।