बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ राधारकृष्ण टाृलमा रहेको बेल्स मोडल ईङ्गलिस बोडिङ्ग स्कुलमा आयोजना गरिएको बार्षिकोत्सवमा वेलुन फुलाउने क्रममा पड्कदा एक जना गम्भीर घाइते भएका छन् ।

स्कुलको १७ औं वार्षिक खेलकुद दिवसको अवसरमा वेलुन फुलाउने क्रममा पार्टी डेकुरेशन सिलगुडी संस्थावाट खटिएका  भारतको सिलिगुडीका अन्दाजी ५४ का गणेश सहनीको दाहिने खुट्टाको कम्मर मुनिको भाग चुडिएर घाईते भएका हुन् । 

सहनीको वार्षिक खेलकुद दिवसको अवसरमा वेलुन फुलाउनको लागि राखिएको एउटा हाईड्रोजन ग्यासको सिलिण्डर वेलुन फुलाउने क्रममा  पड्किएर मंगलबार (आज) आइते भएका हुन् । 

सहनीको दाहिने खुट्टाको कम्मर मुनिको भाग चुडिएर गम्भीर घाईते भई उपचारको लागि बीएण्डसी अस्पताल विर्तामोड उपचार भइरहेको छ । 

ग्याँसको सिलिन्डर पड्किदा निस्किएको आवाजले सोहि विद्यालयमा कक्षा ९ मा अध्यनरत विर्तामोड ७ टिका तामाङकी छोरी  १५ बर्षिया कुसुम तामाङको कानमा समस्या आएर उपचारको लागि सोही अस्पतालमा पठाईएको बताइएको छ । 

अवस्था तत्काल सामान्य र उक्त स्थानमा अस्थाई प्रहरी चौकी गरामनीको प्रहरी टोली गएको र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनीको गएको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।