झापा । 

झापा मेचिनगर नगरपालिका वडा नम्बर ६ स्थित पुरानो मेचीपुलबाट खैरो हिरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टा संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई शुक्रवार (आज) खैरो हिरोइनसहित पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कमल–५ नमुना टोलका १९ बर्षिय प्रितेश राई, सोही स्थानका २७ बर्षिय यामप्रसाद सुनुवार र २१ बर्षिय आमोद राई छन् । 

पैदल आउँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा तीन्जना मध्ये प्रितेशलाई मुख खोल्न लगाउँदा उनको मुख भित्र सेतो रङको प्लाष्टिकको पोकामा लुकाई छिपाई ल्याउदै गरेको खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ फेला परेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ । 

उक्त पदार्थ फेला परेसँगै तत्काल प्राप्त डिजिटल तराजुले तौल गर्दा ४ ग्राम खैरो हिरोइन उनको  साथबाट बरामद गरी तिनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय  काँकरभिट्टामा ल्याएर राखिएको प्रहरीले जनाएको छ । उनीहरुको थप अनुसन्धान भइरहेको जनाइएको छ ।