झापा । 

झापाको बिर्तामोड ५ कृषिथोक बजारबाट भारतीय मुलकी एक महिला ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । इलाका प्रअरी कार्यालय अनारमनी बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिहीवार साँझ ती महिलालाई पक्राउ गरेको हो । 

कृषिथोक बजारमा शंकास्पद अवस्थामा हिडिरहेकी भारत प्रोफेसर कलोनी कटिहार वडा नम्बर २२ बिहार राज्य घर बताउने ३० बर्षिया शोभा दास (साह) लाई प्रहरीले पक्राउ गरेको छ । 

शोभालाई शंका लागेर चेकजाँच गर्दा उनले बोकेको ब्यागबाट एक हजारको नेपाली ४३ हजार ९४० रुपैयाँ फेला परेको छ । त्यस्तै सोहि ब्याग भित्र सेतो प्लाष्टिकको चारपाटे बट्टा भित्र लागूऔषध ब्राउन सुगर जस्तो  देखिने लिसाईलो पदार्थ स–साना पोका थान ९ फेला पारी मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक बाहेक १ ग्राम २९० मिलि ग्राम र ओपो कम्पनीको मोबाइल फोन र सिम थान १ सहित फेला पारी सामानसहित निजलाई नियन्त्रणमा लिइएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय  अनारमनिमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।