झापा । 

झापा अर्जुनधारा नगरपालिका वडा नम्बर १ सातकटेरी टोलमा जंगली हात्तीले दुई वटा घर भत्काएर ५५ मन धानमा क्षति पुर्याएको छ । सोही स्थानका जगदीश सारु मगरको टिनको छाना बाँसको बेरा भएको घरको दक्षिण पट्टीको बरण्डाको बेरा भत्काएर भकारीमा रहेको अन्दाजी ४० मन धान खाएर तथा कुल्चिएर क्षति पुर्याएको हो ।

त्यस्तै नर बहादुर सोराली मगरको टिनको छाना टिनको बेरा भएको भान्सा घरको पश्चिम पट्टीको टिनको बेरा भत्काई भान्सा कोठामा रहेको अन्दाजी १५ मन धान खाएको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ । 

शुक्रवार (आज) बिहान ४ः३० बजेको समयमा हात्तीले क्षति पुर्याएको जानकारी प्राप्त हुन साथ प्रहरी चौकी शनिश्चरेबाट  प्रहरी टोली गएर बुझ्दा जगदीश घर भत्काएर ४० मन धानमा क्षति पुर्याउँदा    ७० हजार क्षति र नरबहादुर १५ मन धान भान्सा घर क्षति पुर्याउँदा  ४५ हजार गरी जम्मा १ ला १५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।