झापा  ।

नेत्र सहायक झापाको अध्यक्षमा युवराज बोहोरा चयन भएका छन् । समितिको उपाध्यक्षमा किशोर रिजाल, सचिव अशोक तिवासी र  कोषाध्यक्षमा सञ्जु अर्याल चयन भएका हुन् । 

त्यस्तै सदस्यहरुमा योगेन्द्र राउत, होम धिताल, निशा संग्रौला, रोमा फियाक, क्रिस्टिना सुुब्बा, निरज दाहाल र  सरु थापा चयन भएका हुन् । यता सल्लाहकार समितिको संयोजकमा मनोज उपाध्यय चयन भएका छन् । 

मेमलाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रम कृष्णप्रसाद भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।  कविता कार्की कडरियाले स्वागत गरेको कार्यक्रममा प्रमुख आतिथि भण्डारीसहित  विनोद दाहाल, भवानी पाठक, मनोज उपाध्यायलगायतले शुभकामना मन्तव्य राखेका थिए ।