बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ आदर्श पार्टी प्यालेस अगाडीबाट शंकाष्पद अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

शंकाष्पद अवस्थामा हिडडुल गरीरहेका बिर्तामोड–५ घर बताउने १९ बर्षिय निराज मण्डल र बिर्तामोड –६ घर बताउने १९ बर्षिय राहुल चौधरीलाई बिहीवार (आज)  भर्खर साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । 

इलाका प्रहरी कार्यालय अनरमनीबाट खटिएको प्रहरी टोलीले फेला पारी शंका लागेर चेकजाँच गर्दा निराजले लगाएको बक्स हाफ पेन्टको दाहिने गोजिमा प्लाष्टिकको प्याक गरेको अवस्थामा प्रतिबन्धित लागू औषध ब्राउन सुगर फेला गरेको प्रहरीले जनाएको छ । 

एकै आकार प्रकारको स–साना प्लाष्टिकको पोका थान–१८ मा जम्मा प्लाष्टिक रहित ४ ग्राम फेला परेको थियो । उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।