झापा । 

लागूऔषध मुद्दाका फरार एक जना प्रतिबादी पक्राउ पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले फरार प्रतिवादीलाई पक्राउ गरेको हो । 

झापा जिल्ला अदालतबाट लागूऔषध मुद्दामा कैद फैसला भई फरार रहेका झापाको कनकाई नगरपालिका वडा नम्बर ४ का ३३ बर्षिय मोहन हेमरमलाई बुधवार पक्राउ गरी बिहीबार झापा जिल्ला अदालतमा फैसला कार्यन्वयनको लागि उपस्थिति गराएइको हो । 

अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।