झापा ।  

झापाको कचनाकवल गाउँपालिका वडा नम्बर १ कुटीमा नौ वटा जंगली हात्तीको समुहले दुई घरमा क्षति पुर्याएको छ । शुक्रवार बिहान राती  ३ बजेको समयमा कचनकवल–१ कुटीका मानसिंह राजबंशी र सोहीका हिरामनि हरिजन (माझी) को घरमा हात्तीको समुहले क्षति गरेको हो । 

जस्ताले छाएको एक तले भुई घरको काठ र पिलरको खंम्बा भएको बासको टाटिबेरा लगाएको घर र टाटीबेरा भत्काएर घर भित्र रहेको अन्नपात हात्तीले खाएर दुवै घरमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मानसिंह राजबंशीको घर पूर्ण रुपमा भत्काएर घरभित्र रहेको अन्नपात खाँदा ८६ हजार ६०० रुपैयाँ र हिरामनि घर पूर्ण रुपले भत्काएर अन्नपात नष्ट गर्दा ३६ हजार रुपैयाँ बराबरको इति भएको प्रहरीले जनाएको छ ।

घरमा जंगली हात्तीले क्षती गरेको भन्ने खबर अस्थाई प्रहरी चौकी कुटीमा टेफो मार्फत प्राप्त हुना साथ प्रहरी टोलीले गई बुझ्दा चार कोशे जंगलबाट ९ वटा हाती आएर क्षति गरेको प्रहरीले जनाएको छ ।