झापा । 

झापामा पछिल्लो समय मोटसाईकल चोरी घटना बढेपछि निवेदनका आधारमा एक जनालाई पक्राउ गरी आठ वटा मोटरसाइकलसमेत सार्वजनिक गरेको छ । 

झापा जिल्ला अन्तर्गत बिभिन्न स्थानहरुबाट मोटरसाइकलहरु हराएको भन्ने निवेदनहरुको आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं.६ घर भई हाल झापाको बिर्तामोड–६ बुट्टाबारी बस्ने २७ बर्षिय योगेश मगर भन्ने बालकुमार मगरलाई पक्राउ गरी शुक्रवार (आज) सार्वजनिक गरिएको हो ।  

ताप्लेजुङको बिभिन्न स्थानहरु थोगिम्बा, नाल्बु, लिङ्थेप फुङ्लिन लगायतको स्थानबाट फेला पारी चोरीमा संलग्न एक जनालाई समेत पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

मोटरसाइकल चोरी गरी बेचबिखन गर्ने मगरलाई पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं.५ बाट गत फागुन ३ गते पक्राउ गरिएको थियो । 

  • मोटरसाइकल चोरी भएर फेला परेका मोटरसाइकलको बिबरण : 

१.इन्जिन नं. DXYCMM–68603 र चेसिस नं.: M01A13EX4MCM82527उल्लेख भएको प्र.१–०३–००५प. ८०४३ नम्बर प्लेट भएको २२० सीसी बजाज कम्पनीको कालो रातो पल्सर मोटरसाइकल । 

२.इन्जिन नं. DKXCMH29977 र चेसिस नं.: MD2AI3EX7MCH95784 उल्लेख भएको प्र.१–०१–०१६ प. १२६ नम्बर प्लेट भएको २२० सीसी बजाज कम्पनीको कालो निलो पल्सर मोटरसाइकल ।

३.इन्जिन नं. DKZCED36716 र चेसिस नं.: D2A13EZXECD46120 उल्लेख भएको प्र.१–०२–०४८प.३२३७ नम्बर प्लेट भएको २२० सीसी को बजाज कम्पनीको रातो सेतो पल्सर मोटरसाइकल ।

४.इन्जिन नं. DKXCLF34830 र चेसिस नं.: D2A13EX6LCF83146 उल्लेख भएको नम्बर प्लेट नभएको २२० सीसी बजाज कम्पनीको कालो रातो पल्सर मोटरसाईकल ।

५.इन्जिन नं. DHXRNK64690 र चेसिस नं.: D2A116X3NPK114927 उल्लेख भएको को.३९ प.१८८४ नम्बर प्लेट भएको १५० सीसी बजाज कम्पनीको कालो रातो पल्सर मोटरसाईकल ।

६.ईन्जिन नं. JLYCKH30350 र ०१४ प.३१ नम्बर उल्लेख भएका एनएस मोटरसाइकल ।

७. इन्जिन नं. DKYCKF86976 र चेसिस नं.: D2A13EYOKCF90068 उल्लेख भएको प्र.१–०१–०१२ प.३५४७ नम्बर प्लेट भएको २२० सीसी बजाज कम्पनीको कालो रातो पल्सर मोटरसाईकल ।

८.इन्जिन नं.: 936X37535 र चेसिस नं.D2JPCXA6MC078605 उल्लेख भएको बा.७२ प.१९९१ नम्बर प्लेट भएको १५०सीसी को मोटरसाईकल ।