झापा ।  

झापा गाउँपालिका वडा नम्बर ४ स्थित भानटोलीका इनाम हुसेन सेखको घर नजैकै रहेको परालको कुन्युमा आगलागी भएको छ । शुक्रवार ४ः३० को समयमा अचानक आगलागी शुरु भएर सेखको एक तले टिनको छानो भएको कच्चि घरमा आगो सल्कीएको थियो । 

आगलागीे खबर प्राप्त हुनसाथ प्रहरी चौकी टाघनडुव्बा ४ जनाको इलाका प्रहरी कार्यालय कुमरखोद ५ जना र बिपिओ टाघनडुव्बाको १२ जना प्रहरी टोली गएर प्रहरी, स्थानियबासी, भद्रपुर र बिर्तामोड नगरको दमकलको सहयोगमा आगो निभाउने कार्य निभाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

आगलागीबाट नजिकै रहेको मस्जित र परालको कुन्यूको चेपमा खेलिरहेको अवस्थामा घरधनि  इनाम हुसेन सेखको छोरा ४ बर्ष ६ महिनाको अतिप हुसेनको जलेर घटना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । क्षतिको बिवरण आउन बाँकि रहेको उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय झापा प्रहरीको टोली गएको छ ।