झापा । 

झापाबाट ९ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कान्र्यन्वयका लागि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ पक्राउ गरेको हो । 

जिल्ला अदालत झापाबाट बिभिन्न मितिमा फैसला भई फरार रहेको प्रतिवादीलाई शुक्रवार पक्राउ गरी फैसला कार्यन्वयनका लागि जिल्ला अदालत झापामा उपस्थिति गराएको निमित्त सूचना अधिकारी तथा  प्रबक्ता प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । 

चोरी, लागुऔषध, अबैध वन पैदावार, ठगी, अभद्र व्यवहार, गाली बेज्यती मुद्दामा फैसला भई फरार भएको प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

पक्राउ पर्नेमा चोरी मुद्दाका भद्रपुर–९ का २८ बर्षिय प्रकाश भन्ने तिलक खड्का, लागुऔषध मुद्दाका झापा–४ का २८ बर्षिय योगेश घिमिरे, सोही मुद्धाका बुद्धशान्ति–१ का ५५ बर्षिय लक्ष्मीप्रसाद खतिवडा, अबैध वन पैदावार मुद्दाका बुद्धशान्ति–४ का ५९ बर्षिय नरबहादुर थेबे, सोही स्थानका सोही मुद्दाका ४२ बर्षिय दिपक लिम्बु रहेका छन् । 

त्यसैगरी लागुऔषध मुद्दाका बाह्रदशी–३ का २८ बर्षिय मिलन भुजेल, ठगी मुद्दाका कनकाई–९ का ५६ बर्षिय अबदेश कुमार मल्लिक, अभद्र व्यवहार मुद्दाका भद्रपुर–४ का २९ बर्षिय शन्त बहादुर भन्ने सर्ण लिम्बु र गाली बेज्यती मुद्दाकी मेचिनगर–१४ की ३३ बर्षिया इन्द्रिरा पौडेल घिमिरे रहेका छन् । 

उनीहरुलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि जिल्ला कारागार झापा पठाइएको प्रहरीले जनाएको छ ।