झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित मेचीपुलबाट लागु औषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर ५ का २४ बर्षिय  थामबहादुर बि.क. र लागू औषध ल्याउने कार्यमा सम्लग्न सोही स्थानका २४ बर्षिय  अर्जुन बि.क छन् । 

लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टावाट खटिएको संयुक्त प्रहरीको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई शनिवार साँझ पक्राउ गरेको हो । 

थामबहादुरलाई शंका लागेर चेकजाँच गर्दा पेन्टी भित्र अगाडीको भागमा च्यापी लुकाई छिपाई राखेको खैरो हेरोइन प्लाष्टिक बाहेक ८ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।  लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।