धनकुटा ।

एम्बुलेन्सको प्रयोग गरी लागूऔषध गाँजा ओसार पसार गर्ने  एक जनालाई धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट शनिवार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिराटनगर महानगरपलिका ८ का ४८ बर्षीय जयदेव चेल रहेका छन् । एम्बुलेन्समा गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र लुकाई छिपाई राखेको ५२ केजी गाँजा बरामद भएको थियो ।

लागूऔषध गाँजा बरामद भए संगै चालक चेललाई समेत पक्राउ गरिएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ ।