झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित पुरानो मेचीपुलमा लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक–२ सुनखरीका ३३ बर्षिय प्रविन तामाङ र सहोकी स्थानकी ४५ बर्षिया कलमा तामाङलाई गोप्य सुचनाको आधारमा चेक जाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतवार राती ९ बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

शरीर तलासी लिदा प्रबिनले लगाएको कपडामा लुकाई छिपाई ल्याउदै गरेको खैरो हेरोइन प्लाष्टिक बाहेक ९ ग्राम ५०० मिलिग्राम फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ाँकरभिट्टामा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।