झापा । 

झापाबाट तीनजना फरार प्रतिबादी पक्राउ परेका छन् । दुई जना चोरी एक जना बालयौन दुरुपयोग मुद्दा भई फरार रहेको प्रतिवादी पक्राउ परेका हुन् ।

चोरी मुद्दा भई फरार रहेका  झापा गाउँपालिका–१ का ५६ बर्षिय सिरी साइला सोमाई हेमरम सतार र मेचीनगर–७ का २५ बर्षिय राज किसान तथा बालयौन दुरुपयोग मुद्दाका कनकाई–६  का ३४ बर्षिय दिनेश खवासलाई प्रहरीले पक्राउ गरेको हो ।

झापा जिल्ला अदालतको बिभिन्न मितिमा जरिवानासहित फैसला भएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोली र मातहत कार्यालयको संयुक्त प्रहरी टोलीहरुले पक्राउ गरेको हो । 

पक्राउ परेका प्रतिवादीहरुलाई फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो ।  अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।