बिर्तामोड । 

अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्ड कपलाई सात लाख रुपैयाँ दिएको छ । बुधबार (आज) गोल्डकपको कार्यालयमा आयोजित संक्षिप्त समारोहका बीच समाजले सात लाख रुपैयाँ बराबरको चेक प्रदान गरेको हो ।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नवीन पोखरेलले गोल्ड कपका अध्यक्ष बिनोद बस्नेत र महासचिव गजेन्द्रबहादुर पौडेललाई चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा गोल्डकपका अध्यक्ष बस्नेतले अन्तर्राष्ट्रिय झापाली समाजलाई खेलकूदका लागि गरेको सहयोग महत्वपूर्ण  भएको भन्दै धन्यवाद दिएका थिए । 

स्वागत गोल्डकपका महासचिव पौडेलले गरेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सहजीकरण सचिवालय सदस्य केशव भट्टराईले गरेका थिए ।