झापा । 

झापाबाट लागूऔषध र सवारी ज्यान मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा लागूऔषध (गाँजा) मुद्दामा फैसला भई फरार रहेका बुद्धशान्ति–१ का ३९ बर्षिय छविलाल कडरिया र  सवारी ज्यान मुद्दामा फैसला भई फरार रहेका अर्जुनधारा–४ का ३५ को सुर्यनारायण चौधरी रहेका छन् । 

। झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार कैद तथा जरिवाना भई फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरिको थियो । 

पक्राउ गरिएका उनीहरुलाई मंगलबार फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि उनीहरुलाई कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।