बिर्तामोड । 

बिर्तामोड उद्योग बाणिज्य संघको गत फागुन १४ गते भएको निर्वाचनमा स्वतन्त्र ब्यवसायीक प्यानलको तर्फबाट निर्वाचित पदाधिकारी तथा सदस्यले प्यानलले जारी गरेको प्रतिवद्धताप्रति आफुहरु कटिबद्ध रहने बताएका बताएका छन् । 

उनीहरुले बिर्तामोडमा बिहीवार (आज) पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै स्वतन्त्र ब्यवसायीक प्यानलले जारी गरेको २९ बुँदे प्रतिवद्धता लागू गर्न बाणिज्य संघका पदाधिकारी तथा सदस्यसँग समन्वयको भुमिका निर्वाह गर्दै पहल गर्ने जनाएका हुन् । 

उनीहरुले मतदान दिएर निर्वाचित गराउने ब्यवसायीहरुको हित विपरित कार्य नगर्ने प्रतिवद्धता जनाउँदै मतदान गरेर निर्वाचित गराउने सम्पूर्ण ब्यवसायी मतदातालाई धन्यवादसमेत ज्ञापन गरेका छन् । स्वतन्त्र ब्यवसायिक प्यानलका तर्फबाट बाणिज्य संघको निर्वाचनबाट बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, कोषाध्यक्षमा युवराज निरौला, सदस्यमा कृष्णप्रसाद बजगाई, केदार खनाल, सत्रुघनप्रसाद गुप्ता, र सुश्मा उप्रेती सुवेदी निर्वाचित भएका थिए ।

कुनैपनि पार्टीको समर्थनबाट निर्वाचित भएपनि आफुहरु ब्यवसायी भएकाले ब्यवसायीको हितमा काम गर्ने उनीहरुले बताएका छन् । बरिष्ठ उपाध्यक्षमा निर्पाचित राजकुमार घिमिरे (राजु) ले आफ्नो पहिलो एजेन्डा नै घरबहाल कर रहेको बताए । जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराईले आफुले ब्यवसायीका बिच गरेको प्रतिवद्धता पूरा गर्ने बताएकी छिन् । कार्यक्रममा कोषाध्यक्ष युवराज निरौलाले संघको कोषलाई चुस्त दुरुष्ठ राख्दै ब्यवसायीको हित कोषको लागि पहल गर्ने बताएका छन् ।