झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ बसपार्क अगाडी सार्वजनिक सडकबाट लागू औषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय  काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले बिर्तामोड–४ का २१ बर्षिय रबिन चौधरीलाई पक्राउ गरेको हो । 

चौधरीलाई बिहीवार साँझ ६ः३० बजेको समयमा  शंका लागेर शरीर तलासी गर्दा जिन्स पेन्टको पछाडि बाँया गोजी भित्र लुकाई राखेको अवस्थामा खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । 

उनको साथबाट प्लाष्टिक बाहेक २ ग्राम खैरो हेरोइन फेला परेपछि नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।