मोरङ।

मोरङको बेलवारी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रवार (आज) बिहान भएको सवारी दुर्घटनामा झापाका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टि«परले बिपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिंदा टि–पर अनियन्त्रित भई सोहि दिशातर्फ आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई समेत ठक्कर दिदा भएको दुर्घटनाबाट बोलेरोमा सवार ५ जना घाईते भएका थिए । 

घाइतेहरुलाई उद्धार गरी उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा बोलेरो चालक झापा बिर्तामोड नगरपालिका–२ का ३६ बर्षीय कृष्ण गजुरेल, बोलेरोमा सवार कमल गाउँपालिका–२ का ५२ बर्षीय यदुकान्त भट्टराई र कमल गाउँपालिका–४ की ४४ बर्षीया दिपा खानालको उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त घटनामा घाइते भएका बिर्तामोड–२ की ४८ बर्षीया गायत्री भट्टराई र बिर्तमोड–४ का ४६ बर्षीय हरि खनालको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । दुर्घटना भएको टि«पर चालक सुन्दरहरैचा नगरपालिका–७ मोरङका २३ बर्षीय चन्द्रकुमार बि।क र बस चालक सुन्दरहरैचा–१२ का ४५ बर्षीय छत्रकुमार मास्केलाई ईलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ ।  घटनाका बिषयमा अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।