झापा । 

झापाको कमल गाउँपालिका वडा नम्बर ३ मा रहेको कृष्टिना होटलबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा होटल सञ्चालक सोही स्थानका ३५ बर्षिय सरोज थापा र शिवसताक्षी नगरपालिका–६ का ३० बर्षिय बिष्णु खड्का रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले शनिवार साँझ ७ः३० बजे शंका लागेर होटलमा रहेका होटल साहु थापा र खड्काको शरिर चेकजाँच गर्दा सरोज थापाको शरिरबाट ब्राउन सुगर फेलाको एउटा प्लाष्टिकको पोका फेला परेको थियो । 

प्लाष्टिक बाहेक ३८ ग्राम ब्राउन सुगर फेला पारी प्रहरी चौकी केर्खामा जानकारी गराउना साथ केर्खाबाट प्रहरी टोली गएर दुवै जनालाई उक्त लागु औषधसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुको आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।