झापा । 

झापाबाट छ जना फरार प्रतिवादी पक्राउ परेका छन् । झापा जिल्ला अदालतबाट बिभिन्न मितिमा मुद्दा दर्ता भई फरार रहेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

 बिभिन्न शिर्षकमा मुद्दा दर्ता भइ फरार रहेका ६ जना मध्ये आइतवार ५ जनालाई अदालतमा उपस्थित गराएर जरिवाना रकम तिराएर छाडिएको छ भने एक जनालाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।  

डाँका मुद्दाका ६ महिना कैद र १० जरिवाना भएका गौरादह नगरपालिका वडा नम्बर ५ का २७ बर्षिय बिशाल दर्जी ठटाललाई अदालतको आदेश अुनसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।