झापा । 

सामाजिक सञ्जाल फेसबुकमा प्राविधिक समस्या आएपछि प्रयोगकर्ता आत्तिएका छन् । आफुले लगइन गरेको फेसबुक अचानक लगआउट भएपछि प्रयोगकर्ता आत्तिएका हुन् । अहिले राति सवा ९ बजेपछि फेसबुकमा समस्या देखिएको हो ।

धेरै प्रयोगकर्ताले आफ्नो एकाउन्ट अचानक बन्द भएको जनाउँदै त्यसको कारण खोजी गरिरहेका छन् । फेसबुक अकाउन्ट लगइनमा समस्या भएपनि म्यासेन्जर भने चलिरहेको छ ।

अचानक अकाउन्ट लगइन नभएपछि धेरै प्रयोगकर्ता आत्तिएका छन् । कतिपयले अकाउन्ट ह्याक भएको भन्दै पासवर्ड रिसेट गर्ने प्रयास पनि गरेका थिए । त्यसबाट पनि सम्भव नभएको प्रयोगकर्ताको गुनासो छ । कतिपय प्रयोगकर्ताले म्यासेन्जर पनि नचलेको प्रतिक्रिया दिएका छन् ।