विराटनगर ।

मोरङ र उदयपुरबाट लागू औषधसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका ५ का २४ बर्षीय राज कुंवर र उदयपुर चौदण्डीगढी नगरपालिका ६ का ३१ बर्षीय बिजय राई रहेका छन् । 

कुँवरलाई विराटनगर महानगरपालिका १६ हुलास चौक स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध लुपिजेसीक ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, ऐभिल ८ एम्पुल र फेनारागन ८ एम्पुलसहित पक्राउ गरेको थियो ।

त्यस्तै राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाई स्थितबाट लागुऔषध लुपिजेसीक ३० एम्पुल, डाईजेपाम ३० एम्पुल र फेनारागन ३० एम्पुल सहित पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।