काठमाडौं । 

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो आज लगाउने भएको छ । शनिबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षको टुंगो आइतवार लाग्ने बताएका थिए । 

नयाँ समीकरण बनेपछि माओवादीले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने सहमति बनेको थियो । माओवादीबाट हालकी उपाध्यक्ष उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहालको चर्चा छ ।

अध्यक्षको उम्मेदवार छान्नको लागि प्रचण्डले आज पदाधिकारीको बैठक बोलाएका छन् । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ गते हुँदैछ।