झापा। 

नेपाल आयल निगमले पोट्रोलियम पदार्थको मूल्य घटाएको छ  निगमले पेट्रोल डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटाइएको हो । निगमलले नयाँ मूल्य शनिबार राती १ बजेदेखि लागू हुने जनाएको छ ।

पेट्रोलको यसअघि पहिलो बर्ग अन्तरगत चारआली, बिराटनगर, जनकपुर, अमतेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र बिरगञ्जमा १५९ रुपैयाँ ५० पैसामा रहेको मूल्य घटेर १६८ रुपैयाँ ५० पैसा भएको छ ।

दोस्रो बर्ग अन्तरगत सुर्खेत र दाङमा यसअघि १७१ रुपैयाँबाट घटेर १७० रुपैयाँ र तेस्रो बर्गा अन्तरगत काठमाडौं, पोखरा र दिपायलमा यस अघि १७२ रुपैयाँ रहेको मूल्य घटेर १७१ रुपैयाँ भएको छ ।

त्यस्तै डिजल तथा मट्टीतेल पहिलो बर्ग अन्तरगत यसअघि १५७ रुपैयाँ ५० पैसा रहेको मूल्य १५५ रुपैयाँ ५० पैसा, दोस्रो बर्ग १५९ रुपैयाँबाट घटेर १५७ रुपैयाँ र तेस्रो बर्ग १६० पैयाँबाट घटेर १५८ रुपैयाँ भएको निगमले जनाएको छ ।