झापा । 

फागुन महिनामा ६५ हजार ६ सय ५८ जना बैदेशिक रोजगारीका लागि बिदेशिएका छन् ।  माघ महिनामा ६२ हजार १ सय ४७  जना सबै प्रकारका श्रम स्वीकृतिमा वैदेशिक रोजगारमा गएका बिभागको तथ्याङ्कमा छ । माघ महिनाको तुलनामा फागुन महिनामा उक्त संख्या बढेको छ ।

 वैदेशिक रोजगार विभागको फागुन महिनाको तथ्यांकअनुसार म्यानपावर कम्पनीबाट फागुनमा ३१ हजार ८ सय ९८ जना नयाँ कामदार वैदेशिक रोजगारीमा गएका छन् । फागुनमा  म्यानपावर कम्पनीबाट ११ हजार ८७ जना यूएई गएका छन् । समग्रमा फागुनमा यूएई जानेको संख्या १८ हजार ७०७ रहेको छ ।आठ महिनाको अवधिमा एक लाख २० हजारभन्दा धेरैले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । 

फागुनमा म्यानपावर मार्फत साउदीमा ६ हजार २२६ जना र सबै प्रक्रियाबाट १३ हजार २ सय ६७ जना गएका  छन् । कतारमा फागुनमा ११ हजार ३ सय ९० जना गएको कतारमा म्यानपावर कम्पनीमार्फत २ हजार ८ सय ६१ जना गएका छन् । मलेशियामा फागुनमा समग्रमा ८ हजार ४१७ जना कामदार गएमा मध्ये म्यानपावर कम्पनीमार्फत भने ६ हजार ७३५ जना गएका छन् । 

 फागुनमा बहराइनमा म्यानपावरमार्फत ४ सय ४८ जना, क्रोएसियामा ४८ जना, साइप्रसमा ४ सय ४३ जना, जापानमा ७० जना, जोर्डनमा १ सय २९ जना, कुवेतमा एक हजार ९ सय ७२ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनमा मकाउमा ३५ जना तथा हङकङमा ४ जनाको श्रम स्वीकृति भएको छ । हङकङमा व्यक्तिगतरूपमा ३ जनाको श्रम स्वीकृति भएको छ । मरिससका लागि म्यानपावर कम्पनीबाट ६ सय ६० जना, ओमानमा १ सय ८० जनाको श्रम स्वीकृति भएको छ ।

 त्यस्तै फागुनमा मात्र रोमानियामा म्यानपावरमार्फत ४ सय ७८ र व्यक्तिगत रूपमा ९ सय ६६ जना, क्रोएसियामा म्यानपावर मार्फत ४८ र व्यक्तिगत रूपमा ७ सय ३४ जनाको श्रम स्वीकृति भएको छ ।  चालु आर्थिक वर्षको आठ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको संख्या चार लाख ७१ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १३ प्रतिशतले कम हो ।